Jun 13, 2010

हाम्रो बिधालय

लालीगुराँस, गुलाफ अनि
चमेली र गोदावरी
मिलिजुली बस्ने सबै
कति राम्रो फुलबारी


कति धेरै बिरुवाहरु
एकै ठाउँ बढेकाछन्
माली दाई कति ज्ञानी
मल हाली गोडेका छन्

भोलि तिनै विरुवाहरु
पुग्नेछन ठाउँ ठाँउमा
फलफुल फलाउनेछन्
सुवास पुग्छ गाँउ गाँउमा

Jun 11, 2010

जिन्दगीको मात

मिठा-मिठा कुरा गर्दै बिताएको रात
त्यसै पनि लाग्नेरैछ जिन्दगीको मात


तीन र पाँचलाई जोड्दाखेरि हुदोरैछ सात
त्यहि देखेर रमाउदा लाग्यो मलाई बात

एक अर्कालाई मद्दत गर्न तयार ति हात
चार कुराले गर्दाखेरी गर्न थाल्यौ घात


पाउन नसकिने रहेछ सधै तिम्रो साथ
बाचा कसम तोडिकन छोडीदियौ हात

Jun 10, 2010

आजकलको प्रेम


पहिलो चोटी हेर्दा हेर्दै तिमि मेरो मनमा बस्यौ
दोस्रो चोटी हेर्दा हेर्दै तिमि मेरो तनमा पस्यौ


नाम तिम्रो जाने मैले घर पनि थाहा पाए
फेयर एण्ड हेन्डसम मैले अनि फेयर एण्ड लभ्ली तिमीले घस्यौ


परमेश्वरले जुराइदिए बोलचाल पनि भयो
माकुरा परे मा पनि माकुरी तिमि जालमा फस्यौ


मन मिल्यो तन मिल्यो घरबार भयो हाम्रो
खुशी को त सिमा छैन पातालबाट आकाशमा खस्यौ


तरकारीमा नुन चर्को गर्न थाल्यौ तिमि झर्को
लागे म त विदेशतिर झिटी-झाम्टो तिमीले कस्यौ
By:Sujan Thapa