लालीगुराँस, गुलाफ अनि
चमेली र गोदावरी
मिलिजुली बस्ने सबै
कति राम्रो फुलबारी
कति धेरै बिरुवाहरु
एकै ठाउँ बढेकाछन्
माली दाई कति ज्ञानी
मल हाली गोडेका छन्
भोलि तिनै विरुवाहरु
पुग्नेछन ठाउँ ठाँउमा
फलफुल फलाउनेछन्
सुवास पुग्छ गाँउ गाँउमा
click here if you want to know about Nepal's tourism area, Nepali poem, culture
Jun 13, 2010
हाम्रो बिधालय
Jun 11, 2010
जिन्दगीको मात
मिठा-मिठा कुरा गर्दै बिताएको रात
त्यसै पनि लाग्नेरैछ जिन्दगीको मात
तीन र पाँचलाई जोड्दाखेरि हुदोरैछ सात
त्यहि देखेर रमाउदा लाग्यो मलाई बात
एक अर्कालाई मद्दत गर्न तयार ति हात
चार कुराले गर्दाखेरी गर्न थाल्यौ घात
पाउन नसकिने रहेछ सधै तिम्रो साथ
बाचा कसम तोडिकन छोडीदियौ हात
त्यसै पनि लाग्नेरैछ जिन्दगीको मात
तीन र पाँचलाई जोड्दाखेरि हुदोरैछ सात
त्यहि देखेर रमाउदा लाग्यो मलाई बात
एक अर्कालाई मद्दत गर्न तयार ति हात
चार कुराले गर्दाखेरी गर्न थाल्यौ घात
पाउन नसकिने रहेछ सधै तिम्रो साथ
बाचा कसम तोडिकन छोडीदियौ हात
Jun 10, 2010
आजकलको प्रेम
पहिलो चोटी हेर्दा हेर्दै तिमि मेरो मनमा बस्यौ
दोस्रो चोटी हेर्दा हेर्दै तिमि मेरो तनमा पस्यौ
नाम तिम्रो जाने मैले घर पनि थाहा पाए
फेयर एण्ड हेन्डसम मैले अनि फेयर एण्ड लभ्ली तिमीले घस्यौ
परमेश्वरले जुराइदिए बोलचाल पनि भयो
माकुरा परे मा पनि माकुरी तिमि जालमा फस्यौ
मन मिल्यो तन मिल्यो घरबार भयो हाम्रो
खुशी को त सिमा छैन पातालबाट आकाशमा खस्यौ
तरकारीमा नुन चर्को गर्न थाल्यौ तिमि झर्को
लागे म त विदेशतिर झिटी-झाम्टो तिमीले कस्यौ By:Sujan Thapa
तितो सत्य
जित्ने बाट होइन तिमि
हार्ने बाट अर्ति लेउ
आगोले काम बिगार्यो भने
पानी बाट सपारिदेउ
ढुंगाको मुर्ति भन्दा
मानिसले नै काम दिन्छ
कुनै बेला बिखले पनि
कति ठुलो काम दिन्छ
बिजुली नभएको बेला हेर
मैनबत्ती कति प्रिय हुन्छ
बाचेर नि मर्नुभन्दा
मरेर नै जिए हुन्छ
प्राथना गरेर मर्नु भन्दा
सेवा गरेर जिए हुन्छ
धनि बाउको छोरी भन्दा
मनकी रानी प्रिय हुन्छ
हार्ने बाट अर्ति लेउ
आगोले काम बिगार्यो भने
पानी बाट सपारिदेउ
ढुंगाको मुर्ति भन्दा
मानिसले नै काम दिन्छ
कुनै बेला बिखले पनि
कति ठुलो काम दिन्छ
बिजुली नभएको बेला हेर
मैनबत्ती कति प्रिय हुन्छ
बाचेर नि मर्नुभन्दा
मरेर नै जिए हुन्छ
प्राथना गरेर मर्नु भन्दा
सेवा गरेर जिए हुन्छ
धनि बाउको छोरी भन्दा
मनकी रानी प्रिय हुन्छ
Jun 9, 2010
तिम्रो झझल्को
सबैको आँखाको नानी
तिमि सुन्दरताको खानी
गर्दैनौ कसैको हानी
तिमि हृदयको रानी
साह्रै राम्रो बानी तिम्रो
खुरुक्क मसंग जानी
होइन भने त यसपाली
लैजान्छु तिमीलाई तानी
Subscribe to:
Comments (Atom)