Nov 25, 2011

बितेका कुरा


चंचल थिए आभारापनमा एकदिन उनलाई भेटे
दर्सन त्यो उनको पाउदैमा भोक प्यास सबै मेटे

उनको हाँसो मेरो हाँसो घन्क्यो मिठो धुन बनि
उनको त्यो मिठो स्वरमा जिबनको मिठास मैले भेटे

मोहित पार्ने उनको रुपमा हराएछु म त कठै
खोज्दा साथ मातिए एक्लै अनि सबै दुख मेटे

बहलाइन मन मेरो अनि टाढा गइदिइन
थाहै नपाई जिन्दगीको तारहरु मैले रेटे

काठमाडौं


दोहोरि, डान्स, डिस्को र मसाज
सेन्टरहरुले भरिएको शहर
मनभरिको रहर, भोक
र प्यास मेटाउनेको काठमाडौँ

हाम्रो चेलीहरुको बाध्यतासंग
जोडिएका आडम्बरी साहुको रहर
के खाने र के लाउने भन्दा भन्दै
शरीर सुकाउने र गुमाउनेको काठमाडौँ

सोझा र निमुखालाई लुट्नेहरु
जनावर सम्झी कुट्नेहरु
ढुंगालाई देवता मानी पुज्नेहरु
फोहोरको डङ्गुरले भरिएको काठमाडौँ

श्रम लुट्नेहरु मारवाडी
श्रम गर्नेहरु मदिसे
सहयोगी राजनीतिक गिरोह
र अपराध हटाउन बनेको सरकार

आहा! कति राम्रो काठमाडौँ
छि! कति फोहोरी काठमाडौँ
उहु! कति रमाइलो काठमाडौँ
ऐया! कति पीडादायक काठमाडौँ
के गर्नु त हजुर यस्तै छ आजकलको काठमाडौँ